कुलेखानी जलाशयमा बेपत्ता भएका युवाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकाल्यो
थानकोट ।
मकवानपुरको कुलेखानी जलाशय (इन्द्रसरोवर ताल)मा र्याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका युवाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार निकालेको छ ।
काठमाडौंको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराईबाट निकालिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको हो ।
इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा मंगलबार हाम फाल्दा सुवेदी बेपत्ता भएका थिए ।












