बैशाख १० को उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आजै चुनाव चिह्न दिइने

Thankot Times

थानकोट । 

वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ।

आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अन्तर्गत बिहीबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनाव चिह्न प्रदान गरिनेछ। 

उम्मेदवारी फिर्ता लिनका लागि आयोगले बिहीबार दिउँसो १ बजेसम्मको समय निर्धारण गरेको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। 

आयोगका अनुसार चितवन–२ मा २४ जना, तनहुँ–१ मा ९ जना र बारा–२ मा ३६ गरी कुल ६९ जनाले मनोनयन दर्ता गराएका छन्। 

मनोनयन दर्ता गराउनेहरूमध्ये ३३ जना राजनीतिक दलका उम्मेदवार छन् भने ३६ जना स्वतन्त्र उम्मेदवार छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *