कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आज वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

माैसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति कोसी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *