अदालतले २२ लाख जरिवाना तोकेका न्यौपाने कलंकीबाट पक्राउ

Thankot Times

थानकोट । 

प्रहरीले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मी छत्रकोट गाउँपालिका-४ घर भई काठमाडौं कलंकी बस्ने ४९ वर्षीय दिपक न्यौपाने रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको हो ।

न्यौपानेलाई २०७८ मंसिर २७ गते उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २२ लाख ४४ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको प्रहरीले जानकारी दिएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *