गरिब तथा विपन्न परिवारलाई २० युनिटसम्म विद्युत निःशुल्क
थानकोट ।
१० दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
बिहीबार साँझ १० दलीय सत्ता गठबन्धनको सरकारले सार्वजनिक गरेको न्यूनतम् नीति तथा कार्यक्रममा २० युनिटभन्दा कम विद्युत प्रयोग गर्ने गरिब तथा विपन्न परिवारलाई महशुल नगाल्ने व्यवस्था गरिएको छ ।
साथै, पचास युनिटसम्म विद्युत उपभोग गर्ने उपभोक्ताका लागि विद्युत महशुल घटाउने समेत उल्लेख गरिएको छ । सिंचाईमा प्रयोग हुने विद्युतमा वर्षायाममा ८० प्रतिशत र हिउँदे याममा २० प्रतिशत महसूल छुट दिने व्यवस्थासमेत सरकारले गरेको छ ।











