सुर्खेतमा विमानबाट ओर्लिएपछि उपप्रधानमन्त्री खड्काले माटोलाई ढोगेपछि …

Thankot Times

थानकोट ।

उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका छन् ।

गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री भएपछि  खड्का शनिबार सुर्खेत पुगेका छन् ।

खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा सरकारी कर्मचारीहरू र कांग्रेस कार्यकर्ता थियो ।

 

सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने बताए ।

‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रुपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्‍यो भन्ने जस प्राप्त गर्न सकुँ,’ खड्काले भने, ‘त्यहीँ ताकत, आर्शीवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगें ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ