राष्ट्रियसभाको बैठक वैशाख ४ गतेसम्म सर्‍यो

Thankot Times

थानकोट । 

राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ।

बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

सचिवालयद्वारा प्रकाशित सूचनामा भनिएको छ,‘मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल वैशाख ४ गतेका लागि समय निर्धारण गरिएको छ’।


Leave a Reply

Your email address will not be published. Required fields are marked *