मच्छेगाउँका २ जना बालक सोमबार बिहानबाट सम्पर्क विहिन

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँबाट २ जना बालक सम्पर्क विहिन भएका छन् । 

सोमबार बिहान चन्द्रागिरि नगरपालिका-९ र कीर्तिपुर नगरपालिका-४ को सिमाना अधिकारी गाउँबाट स्थानीय रिकेश थिङ र अनिश थिङ नाम गरेका  दुई जना बालक हराइरहेको जानकारी प्राप्त भएको चन्द्रागिरि ९ का वडाध्यक्ष अच्युत अधिकारीले जानकारी दिनुभयो ।

उनीहरू क्रमश ५ र ७ वर्षका रहेका छन् । वडाध्यक्ष अधिकारीले सोमबार बिहान ७ बजेबाट सम्पर्क विहिन रहेका बालकहरू कसैले भेट्नु वा देख्नुभएमा नजिकको प्रहरी कार्यालय अथवा ९८५१०१९५१८, ९८६२२२०३८५ जानकारी गराइदिन अनुरोध गर्नुभएको छ। 

प्रहरी प्रभाग मच्छेगाउँले हराइरहेका बालकहरूको खोजी कार्य जारी रहेको जनाएको छ। 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *