खरायो ठानेर गोली चलाउँदा चीनमा एक व्यक्तिको मृत्यु
थानकोट ।
चीनमा खरायो भनेर गोली चलाउँदा एक व्यक्तिको मृत्यु भएको छ ।
बीबीसीका अनुसार गत हप्ताको शुक्रबार शिकारीले जियांग्सी प्रान्तमा झाडीभित्र खरायो सम्झोर गोली चलाउँदा वाङ माउजिन नाम गरेका व्यक्तिको मृत्यु भएको हो ।
मृतक व्यक्ति भने सो क्षेत्रमा माछा मार्न गएका थिए । शिकारीले झाडीभित्र खराएको आवज सुनेकाले गोली चलाएको बताएका छन् ।
चीनमा बन्दुक राख्न पाइने विषयमा कडा नियमहरू छन् । ती शिकारीले कसरी सहजै बन्दुक पाए भनेर यतिबेला चिनियाँ सामाजिक संजालमा बहस छेडिएको छ ।
केहीले चीन अब अमेरिकाजस्तो बन्दुक छ्यासछ्यास्ती पाइने राष्ट्र बन्न थालेको भनेर टिप्पणी गरेका छन् ।












