चोभार कोल्ड स्टोर सञ्चालनमा

Thankot Times

थानकोट ।

कृषिजन्य वस्तुहरुको उचित मूल्यका साथ बजारीकरण गर्ने र स्वदेशी उत्पादनलाई विशेष टेवा पुर्‍याउने उद्देश्यका साथ चोभार कोल्ड स्टोर सञ्चालनमा आएको छ ।

उद्यमीद्वय कृष्णभक्त श्रेष्ठ र सुशील सिंघलको संयुक्त लगानीमा कीर्तिपुर नगरपालिका टौदहस्थित खहरेमा सञ्चालनमा आएको उक्त कोल्ड स्टोरमा २५ सय मेट्रिक टनसम्म कृषिजन्य वस्तु भण्डारण गर्न सकिने बताइएको छ ।

कृषि उत्पादनले उचित मूल्य पाउने वातावरण मिलाउने उद्देश्यसहित स्थानीय कृषकहरुलाई सेवा पुर्‍याउने हेतूले कोल्डस्टोरका लागि टाैदह क्षेत्र चयन गरिएको लगानीकर्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सो कोल्डस्टोर सञ्चालनमा ल्याउन ३५ करोड रूपैयाँ खर्च भएको बताइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *