प्रतिनिधिसभाको अर्को बैठक वैशाख १२ गते बस्ने

Thankot Times

थानकोट ।

 प्रतिनिधिसभाको बैठक वैशाख १२ गते मंगलबार दिनको १ बजेसम्मका लागि स्थगित भएको छ ।

आज बसेको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संशोधन) विधेयक २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

सो विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम ७२ घण्टाभित्र विधेयक शाखामा संशोधनको सूचना दर्ता गर्न सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *