बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधी खुवाइँदै

Thankot Times

थानकोट । 

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिनेछ ।

यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ । 

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ