वैशाख १० गतेको उपनिर्वाचन: प्रचारप्रसार निषेध, मौन अवधिमा के के गर्न पाइँदैन ?
थानकोट ।
वैशाख १० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले उपनिर्वाचनका लागि गए रातिदेखि प्रचारप्रसार निषेध गरेको छ ।
मौन अवधि लागु भएसँगै गए रातिदेखि उपनिर्वाचनका लागि प्रचारप्रसार निषेध गरिएको हो ।
चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।
यस अवधिमा उमेदवार तथा दलहरुले प्रचारप्रसारसहितका विभिन्न गतिविधि गर्न पाउँदैनन् । निर्वाचन आयोगले सूचना निकालेर मौन अवधिमा दल तथा उमेदवारले गर्न नहुने, नपाउने कार्यहरुबारे जानकारी दिएको छ ।














