झिगु पुचको आयोजनामा रक्तदान शिविर सम्पन्न
थानकोट ।
शनिबार चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित साझाघरमा बृहत रक्तदान शिविर आयोजना गरिएको छ ।
झिगु पुच संस्थाको तत्वावधानमा आयोजित तेश्रो बृहत् रक्तदान कार्यक्रममा ५० जना भन्दा बढीले रक्तदान गरेको जनाइएको छ।
सो क्रममा बागमती प्रदेश सभा सदस्य रमा आले मगर, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
संस्थाले वर्षेनी रक्तदान शिविर सञ्चालन लगायतका परोपकारी कार्यहरू गर्दै आएको छ ।












