चन्द्रागिरि केबलकार पुनः सञ्चालनमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा सञ्चालित चन्द्रागिरि केबलकार प्राविधिक परीक्षणपछि पुनः सञ्चालनमा आएको छ ।

शुक्रबार साँझदेखि अकस्मात आएको ठूलो हावाहुरीका कारण केबलकारको गन्डोला खाली गराइ केबलकार सेवा बन्द गरिएको थियो । 

प्राविधिक परीक्षणको काम सकिएपछि आइतबार मध्यान्हदेखि केवलकार पुनः सञ्चालनमा आएको छ । 

प्राविधिक परीक्षणका क्रममा शुक्रबार र शनिबार केबलकार सेवा बन्द हुँदा यात्रुहरुमा पर्न गएको असुविधाप्रति चन्द्रागिरि हिल्सले क्षमा मागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ