सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।

सोमबार प्रतितोला एक लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख ९ हजार ५ सय रुपैयाँमा करोबार भएको हो ।

तेजाबी सुन प्रतितोला एक लाख ९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

यस दिन चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *