सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको छ ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत कारोबार दिन उक्त सुन तोलाको एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














