यू-१७ महिला एसियन कप छनोट: पहिलो खेलमा नेपाल इरानसँग १-० ले स्तब्ध
थानकाेट ।
जोर्डनमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
स्थानीय प्रिन्स मोहमद स्टेडियममा बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको हो ।
इरानको जित एरिसा कुह गार्डले निर्णायक गोल गरिन् ।
खेलको ८१ औं मिनेटमा एरिसाले गोल गरेकी थिइन् ।
समूह ‘एच’ मा रहेको नेपालले अब दोस्रो खेलमा शुक्रबार आयोजक जोर्डनसँग खेल्नेछ ।
यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछन् ।













