एसीसी प्रिमियर कप : कतार सामु नेपालको रनको सामान्य लक्ष्य
थानकोट ।
काठमाडौंमा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतार सामु रनको सामान्य लक्ष्य पेश गरेको छ ।
टस जितेर पहिले बलिङ रोजेको कतारका बलरहरू सामु निरिह बन्दा ५० ओभरको खेलमा नेपालले जम्मा ४०.३ ओभर खेल्दा सबै खेलाडी गुमाउँदै १५७ रनमा समेटियो ।
नेपालका लागि सन्दिप लामिछानेले ५८ बल खेल्दै सर्वाधिक ४१ रन बनाउँदा कप्तान रोहित पाैडेलले २७ रन बताए । यसैगरी आशिफ शेखले १९, सन्दिप लामिछानेले दिपेन्द्रसिंह ऐरीले १२ तथा आरिफ शेखले ११ रनको योगदान दिए, अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आज नै समूह बी मा हङकङ र कुवेतबीच खेल भइरहेको छ । यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।
समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् भने समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।
आजको खेल जितेमा नेपाल समुह ए को विजेता बन्दै सेमीफाइनलमा समुह बी को उपविजेतासँग खेल्नेछ । पराजित भएमा सेमीफाइनलमा समुह बी को विजेतासँग खेल्नेछ ।













