काठमाडाैं क्षेत्र नंं १० का सांसद् राजेन्द्रकुमार केसीको चुनावी खर्च १७ लाख रूपैयाँ
थानकोट ।
अघिल्लो वर्षको मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा काठमाडाैं क्षेत्र नंं १० बाट संघीय संसद्को सदस्यमा विजयी हुनुभएका नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले निर्वाचनको खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।
सांसद् केसीले सो चुनावमा १७ लाख रूपैयाँ खर्च विवरण सार्वजनिक गर्नुभएको हो।
पाैष १ गते नै निर्वाचन आयोगमा निर्वाचन खर्च विवरण पेश गरिसकेको जानकारी दिनुहुँदै सांसद् केसीले सामाजिक सञ्जाल तथा सरोकारवालाहरू माझ सो विवरण सार्वजनिक गरेको जानकारी दिनुभयो ।
यस क्षेत्रबाट लगातार तेस्रोपटक सांसद् निर्वचित हुनुभएका केसीले १४४५८ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११७८६ मत पाउनुभएको थियो ।
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई बैशाख ६ गतेबाट सात दिनभित्र खर्चको विवरण सार्वजनिक निर्देशन दिएको थियो ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र आयोग वा आयोगले तोकेको कार्यालय समक्ष पेस गर्नुपर्ने हुन्छ।
काठमाण्डाै क्षेत्र नं. १० मा काँग्रेसका राजेन्द्रकुमार केसीको सानदार ह्याट्रिक













