एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालको भेट कुवेतसँग

Thankot Times

थानकोट । 

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएकाे छ । 

आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ काे उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएकाे हाे । आजै त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा कतारलाई हराउँदै नेपाल समूह ‘ए’ काे विजेता बनेकाे थियाे ।

यस्तै अर्काे सेमिफाइनलमा समूह ‘बी’ काे विजेता यूएईले समूह ‘ए’ काे उपविजेता ओमानसँग खेल्ने भएकाे छ ।

दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचकाे खेल त्रिवि क्रिकेट मैदानमा तथा यूएई र ओमानबीचकाे खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस्तै फाइनल त्रिवि मैदानमा सोमवार हुनेछ ।

प्रतियोगिताकाे विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *