हिजो स्थगित भएको राष्ट्रियसभा बैठक आज बस्दै

Thankot Times

थानकोट । 

राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो । 

यसअघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो । 

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ