रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी)ले आफ्नो पदबाट राजीनामा दिएका छन्।
रास्वपाका उपसभापति समेत रहेका अर्यालले शनिबार राजीनामा दिएका हुन् ।
शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा अर्यालले राजीनामा बुझाएका छन् ।
अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा स्वीकृत गर्ने प्रक्रियामा रहेको बताइएको छ ।
सोमबार रास्वपाको संसदीय दलको बैठक बस्दैछ ।
सो बैठकले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता चयन गर्दैछ ।













