उपचार गराएर आज स्वदेश फर्कंदै राष्ट्रपति पौडेल

Thankot Times

थानकोट ।

भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको आज ‘डिस्चार्ज’को तयारी गरिएको छ ।

राष्ट्रपति पौडेल आजै बेलुका स्वदेश फर्कने तयारी रहेको राष्ट्रिपतिको सचिवालयले जनाएको छ ।

“साँझ ८ बजेको उडान रहेको हामीलाई जानकारी भएको छ,” राष्ट्रपतिको सचिवालयका एक सदस्यले भने ।

राष्ट्रपति पौडेललाई उपचारका लागि यही वैशाख ६ गते नयाँ दिल्ली लगिएको थियो ।

त्यसअघि, अस्वस्थ भएपछि उनी काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

राष्ट्रपति पौडेलका साथमा उनका निजी चिकित्सक डा. निजम बम, स्वकीय सचिव चिरञ्जीवी अधिकारी र छोरा चिन्तन पौडेल पनि छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *