एसीसी प्रिमियर कप, फाइनलः यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्दै

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी  एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका हुन् ।

यस प्रतियोगिताको विजेताले यसैवर्ष हुने एसिया कप खेल्न पाउनेछ ।

नेपाली टिममा एक जना खेलाडी परिवर्तन गरेको छ ।

दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्सन झाले टिममा मौका पाएका छन् ।

यस खेल वर्षका कारण सञ्चालन हुन नसकेमा समुह चरणमा गरेको प्रदर्शनको आधारमा नेपाल स्वतः विजेता चुनिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *