विश्व साइकल यात्री शाहको स्टाटसप्रति रास्वपा सांसद् अर्यालको सामाजिक सञ्जालमै जवाफ

Thankot Times

थानकोट ।

विश्व साइकल यात्री पुष्कर शाहले सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा प्रवेश गर्न नदिइएको बारेमा सामाजिक सञ्जालमा राखेको स्टाटसका बारेमा सो पार्टीका सांसद् डिपी अर्यालले सामाजिक सञ्जालबाटै जवाफ दिएका छन् ।

विश्व साइकल यात्री शाहले रास्वपाको कार्यालय केन्द्रीय कार्यालयमा पुग्दा सो कार्यालयका सुरक्षा गार्डले कार्यालयमा साइकल निषेध भएको भन्दै आफूलाई प्रवेश नदिएको लेखेका थिए जुन सामाजिक सञ्जालमा चर्चित भइरहेको छ भने यो समाचार तयार पार्दासम्म सो स्टाटसमा ९ सय ३४ जना सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताले कमेन्ट गरेका छन् ।

विश्व साइकल यात्री शाहको स्टाटसपछि रास्वपाका उपाध्यक्ष समेत रहनुभएका सांसद् अर्यालले शाहलाई आफूले भेट्न बोलाएको तर उनले लेखे जस्तो यथात भने नभएको बताएका छन् ।

सांसद् अर्यालले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्  ‘उहाँले भने अनुसार उहाँको साइकल नै भएको कारणले पार्टी कार्यालयभित्र राख्न दिइएन भन्ने कुरालाई फेरि मैले खण्डन गर्नुपर्ने हुन्छ, किनभने हाम्रो स्टाफदेखि केन्द्रीय सदस्यहरूले पनि साइकल प्रयोग गर्नुहुन्छ । कुरा के रहेछ भने हाम्रो पार्टी कार्यालयमा पार्किङ गर्ने ठाउँ थोरै भएकाले अरू सबै पाहुनाहरू जस्तै उहाँलाई पनि आफ्नो साधन बाहिर राखिदिन अनुरोध गरिएको रहेछ । तर, उहाँले यसलाई सर्वसाधारणमा गलत ढङ्गले प्रस्तुत गरी हामीलाई बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नु भएको देख्दा साह्रै दु:ख लागेको छ ।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *