पिपलामोड-रत्नपार्क रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि रिद्धिसिद्धि यातायात छनोट

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. २ पिपलामोडबाट रत्नपार्कसम्मको रूटमा सार्वजनिक यातायात सञ्चालन गर्न रिद्धिसिद्ध यातायातले चन्द्रागिरि नगरपालिकासँग सम्झैता गरेको छ । 

नगरले गत चैत्र १२ गते सूचना प्रकाशित गरि सो रूटमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवसायीहरूसँग आवेदन माग गरेको थियो । जसमा रिद्धिसिद्धि यातायातले सबैभन्दा कम अनुदान रकम कबोल गरेपछि सो यातायात कम्पनीसँग चन्द्रागिरि नगरपालिकाले लिखित सम्झाैता गरेको बताइएको छ। 

हालका लागि सम्झाैता ३ महिनाका लागि गरिएको नगरपालिकाको आर्थिक प्रशासन शाखाले जनाएको छ। 

सो रूटमा सार्वजनिक यातायात सञ्चालन गरेबापत रिद्धिसिद्धि यातायातले नगरपालिका कार्यालयबाट मासिक ४१ हजार २ सय ५० रूपैयाँ अनुदानका रूपमा प्राप्त गर्नेछ । 

सम्झाैतामा उल्लेख भएअनुसार कम्तीमा ४ वटा बसहरू हरेक दिन बिहान ५ बजेबाट बेलुकी ९ बजेसम्म सञ्चालन हुनेपर्ने शर्तमा रिद्धिसिद्धि यातायातले प्रतिबद्धता जनाएको छ।

सो रूटमा गुड्ने यो यातायात कम्पनीका बसले  प्रचलित भाडादर भन्दा बढी लिन नपाउने बताइएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *