राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अध्यादेश जारी

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसमा राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८०’ जारी गरेका हुन् ।

यो राष्ट्रपति पाैडेलले जारी गरेको पहिलो अध्यादेश हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उक्त अध्यादेशमार्फत सरकारले मिटरब्याजी पीडितहरूको समस्या समाधान गर्ने उद्देश्य लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *