नवनियुक्त तीनजना मन्त्रीहरुको शपथ ग्रहण आज

Thankot Times

थानकोट ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गरेका थिए ।

तीनैजना मन्त्री नेपाली कांग्रेसबाट नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुले क्रमश कानुन, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *