नवनियुक्त ३ जना मन्त्रीले लिए शपथ
थानकोट ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालकाे सिफारिसमा राष्ट्रपति पाैडेलले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरूङ,स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बूलाई नियुक्त गरेका थिए । बिहीबार शपथ लिने नवनियुक्त तीनैजना मन्त्री नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।
याे सँगै वर्तमान मन्त्रीपरिषद् नवाैं पटक विस्तार भएको छ, यद्यपी २ मन्त्रालय अझै मन्त्री विहिन छन् ।













