दशाैंपटक मन्त्रीपरिषद् विस्तार, खानेपानी मन्त्रालय अझै मन्त्रीविहिन

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सांसद सुरेन्द्र आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन् ।

उनको पद तथा गोपनीयताको शपथ पनि आजै दिउँसो साढे १२ बजेका लागि निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

हाल सो मन्त्री रहेका महिन्द्र राय यादवको भने मन्त्रालय भने परिवर्तन हुने भएको छ ।

उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ । आचार्य कपिलवस्तु-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *