संघीय संसदमा आजदेखि प्रि-बजेट छलफल
थानकोट ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए ।
आजदेखि त्यसमै केन्द्रित रहेर छलफल हुन लागेको हो ।
संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि-बजेटमाथि छलफल हुनेछ । २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको सचिवालयले छ ।
प्रि–बजेट छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि सरकारको नीति तथा कार्यक्रम आउनेछ ।
हरेक वर्ष जेठ १५ गते संसद् मा बजेट प्रस्तुत गर्ने संवैधानिक प्रावधान छ ।













