मातातीर्थसहित काठमाडौं उपत्यकाका ८ स्थानमा उच्च क्षमताका सबस्टेसन निर्माणाधीन

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ लगायत काठमाडाैं उपत्यकाका विभिन्न ८ स्थानमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका सबस्टेसन निर्माण गरिरहेको छ ।

काठमाडौं उपत्यकामा  ४००, २०० र १३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन छन् ।  

भविष्यमा वृद्धि हुन सक्ने विद्युतको सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५०को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरूमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।

काठमाडौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मुलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सबस्टेसन निर्माणाधीन छन राससमा खबर छ । टेकु र चाँगुनारायण सबस्टेसन निर्माण अन्तिम चरणमा छन् ।

दुवै सबस्टेसन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी,  एसियाली विकास बैंक (एडिबी) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *