काठमाडाैं क्षेत्र नं. १० मा पार्टी विस्तारमा तिव्रता दिँदै रास्वपा, तीन वटै नगरमा तोकिए सम्पर्क व्यक्ति
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारमा तिव्रता दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडाैं जिल्ला संयोजकमा प्रदिप विष्ट सर्वसम्मत
सो पार्टीका काठमाडाैं जिल्ला संयोजक प्रदिप विष्टका अनुसार पार्टीले काठमाडाैंका सबै १० वटै निर्वाचन क्षेत्रका वडा तहसम्मै पुगेर संगठन विस्तारको कार्य सुरू भएको छ ।
गत आम निर्वाचनमा काठमाडाैं क्षेत्र नंं १० मा सो पार्टीका तर्फबाट उम्मेदवारसमेत बनेका जिल्ला संयोजक विष्टका अनुसार मुलुकभर राष्ट्रिय स्वतन्त्र पार्टीको वडा, नगर र निर्वाचन क्षेत्रिय समिति विस्तार भइरहेको छ ।
जसका लागि सदस्यता फारम अनलाइन वा अफलाइन दुवै तरिकाले भर्न सकिनेछ ।
विष्टले भन्नुभयो संगठन विस्तारका लागि काठमाडाैं क्षेत्र नं. १० का तीन वटै नगरपालिकामा सम्पर्क व्यक्ति समेत तोकिएको छ ।
जसअनुसार चन्द्रागिरि नगरमा जोन केसी, राजाराम थापा र भीमसेन रिजाल, कीर्तिपुर नगरपालिकामा सन्तोष केसी र डा. सुरज केसी तथा दक्षिणकाली नगरपालिकामा उमेश आचार्य, ब्रदेश केसी र प्रकाश श्रेष्ठ रास्वपाको संगठन विस्तारका लागि सम्पर्क व्यक्ति तोकिएका छन् ।













