नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेल्ने
थानकोट ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियासँग पाँच खेलको टी-२० सिरिज खेल्ने भएको छ।
मलेसियामा २९ मे महिनामा सुरु भएर ४ जुनसम्म प्रतियोगिता सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। ।सिरिजका सबै खेल बाइएसडी-यूकेएम ओभलमा हुनेछन्।
पछिल्लो पटक नेपाली महिला क्रिकेटरले घरेलु मैदानमा एमसिसीको महिला क्रिकेट टिमसँग खेलेका थिए।
यस्तै गत असारमा नेपालले एसिसी महिला टी-२० च्याम्पियनसिप खेलेको थियो।
मलेसियामा भएको प्रतियोगिताको सेमिफाइनलमा वर्षा बाधक बन्दा नेपाल युएईसँग पछि परेको थियो।













