दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता जेष्ठ ७ बाट, चन्द्रागिरिका कम्तीमा ६ खेलाडीको सहभागिता
थानकोट ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले, प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता जेष्ठ ७ देखी १३ सम्म हेटौडामा आयोजना गर्ने निर्णय गरेको छ ।
बैशाख २९ गते देखि हुने भनिएको यस प्रतियोगिता कक्षा १२ को परीक्षाका कारण सारिएको हो बताइएको छ ।
खेलकुद परिषद बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार यस प्रतियोगितामा १३ वटा खेलहरु (तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी) हुनेछन् ।
प्रतियोगिताका लागि बागमती प्रदेश मातहतका सबै जिल्लाहरुले खेलाडी छनोट गरि सकेका छन् भने कतिपय जिल्ला खेलकुद विकास समितिले छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा समेत राख्न सुरु गरेका छन् ।
प्रतियोगितामा चन्द्रागिरि नगरका कम्तीमा ६ जना खेलाडीहरूले पनि सहभागिता जनाउँदै छन्।
प्रदेश स्तरीय कराँते प्रतियोगिताका लागि मच्छेगाउँका ६ जना खेलाडीहरू छानिए













