राप्रपाको केन्द्रीय समिति बैठक आज पनि

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको पूर्ण बैठक मंगलबार बिहान ८ बजे पुनः बस्दैछ।

काठमाडौंको धूमबाराहीमा सोमबार शुरु भएको बैठकमा प्रस्तुत गरिएका प्रतिवेदनमा छलफलको क्रम जारी रहेकाले मंगलबार पुनः बस्न लागेको हो। 

बैठकमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा प्रस्तुत ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ शीर्षकको प्रतिवेदनमाथिको छलफलमा नेताहरूले बोल्ने क्रम सकिएको छैन्।

प्रतिवेदनमा महाधिवेशन र पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवर्धनवादी विश्व संगठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दूराष्ट्र लगायत विषय उल्लेख छ। 

महामन्त्री धवलशम्शेर राणाले सांगठनिक प्रतिवेदन, सबै प्रदेश अध्यक्षबाट सांगठनिक गतिविधिबारे प्रतिवेदन, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको छ।

मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए।

बैठकमा पेश गरिएका सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेपछि सुझावका आधारमा ती परिमार्जन गरिने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *