सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेश्रो दिन आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्यसूची अनुसार हिजो सोमबारको तुलनाको तुलनामा आज मंगलबार १०० रुपैयाँले बढेको छ।

यससँगै, आज छापावाल सुनको मूल्य आज तोलामा १ लाख ११ हजार १०० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ४५० रुपैयाँ कायम थियो ।

यस्तै, आज मंगलबार चाँदीको मूल्य भने स्थिर कायम भएको छ । हिजो सोमबारकै मूल्यमा आज चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *