थानकोटको वीआर ब्रदर्श फुटबल क्लबका ७ जना खेलाडी बागमती प्रदेश खेलकुदका लागि छानिए
थानकोट ।
बागमती प्रदेशको राजधानी हेटाैंडामा जेठ ७ गतेबाट सुरू हुने दोश्रो प्रदेश खेलकुद प्रतियोगितामा चन्द्रागिरि नगरका थप ७ खेलाडीहरूले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताको पुरूष फुटबल अन्तर्गत काठमाडाैं जिल्ला फुटबल टिमबाट वीआर ब्रदर्शका ७ जना खेलाडीले सहभागिता जनाउन लागेको बताइएको छ ।
काठमाडाैं जिल्ला फुटबल टिमका ११ मध्ये ७ जना खेलाडी वीआर ब्रदर्शतर्फबाट छानिएको क्लबका अध्यक्ष काजीमान कन्दङवाले जानकारी दिनुभयो ।
वीआर ब्रदर्श सनम शेर्पा (गोलकिपर), साैगात लामा, वाङ्जा गुरूङ, सजन थापामगर, कब्बु कन्दङवा, संजीव आलेमगर र अनिल गुरूङ प्रदेश खेलकुदका लागि छानिएका हुन् ।
यसैबीच चन्द्रागिरि नगरका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष कृष्णप्रसाद खड्गीले प्रदेश खेलकुदका लागि चयन भएका वीआर ब्रदर्शका खेलाडीहरूसँग भेट गर्नुभएकाे छ । भेटका क्रममा प्रवक्ता खड्गीले टोलीका सबै सदस्यहरूलाई शुभकामना दिनुभएको छ ।
खेलकुद परिषद बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार यस प्रतियोगितामा १३ वटा खेलहरु (तेक्वान्दो, एथलेटिक्स, कराँते, बक्सिङ, फुटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो र पौडी) हुनेछन् ।
प्रतियोगिताका लागि बागमती प्रदेश मातहतका सबै जिल्लाहरुले खेलाडी छनोट गरि सकेका छन् भने कतिपय जिल्ला खेलकुद विकास समितिले छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा समेत राख्न सुरु गरेका छन् ।
दोश्रो बागमती प्रदेश स्तरीय कराँते प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाबाट ६ जना खेलाडीहरू यसअघि नै छनोट भएका छन् ।
प्रदेश स्तरीय कराँते प्रतियोगिताका लागि मच्छेगाउँका ६ जना खेलाडीहरू छानिए
दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता जेष्ठ ७ बाट, चन्द्रागिरिका कम्तीमा ६ खेलाडीको सहभागिता













