तोलामा ५ सय रूपैयाँले घट्यो सुनको मूल्य
थानकोट ।
कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुन तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार यो सुन तोलाको एक लाख नौ हजार २०० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख नौ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ७०० रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














