थानकोटमा जेठ २० गते बृहत् पैदलयात्रा आयोजना हुने
थानकोट ।
‘हिँडाैं र स्वस्थ रहाैं’ भन्ने नाराका साथ थानकोटमा जेठ २० गते बृहत् पैदलयात्रा आयोजना हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका-४ सँगको सहकार्यमा चन्द्रागिरि हाइकर कम्युनीटीको संयोजनमा हुने सो कार्यक्रम चन्द्रागिरि नगरपालिका- ४ थानकोटस्थित साझाघरबाट बिहान ६ बजे सुरू हुने बताइएको छ ।
स्थानीय पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरू हुने सो पैदलयात्रामा सहभागिताका लागि चन्द्रागिरि ४ थानकोटका वडाध्यक्ष एवंम् चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले सबैमा अनुरोध समेत गर्नुभएको छ ।
साझा घरबाट सुरू हुने सो पैददयात्रा गोदाम-पानीघाट-मयल चाैतारा-चन्द्रागिरि भञ्ज्याङ-भालेश्वर मन्दिरसम्म पुग्नेछ ।
यस्तो रहनेछ पैदल यात्राको क्षेत्रः













