काभा वुमन्स् भलिबल च्यालेन्ज कप: भारतसँग नेपालको प्रतिस्पर्धात्मक हार

Thankot Times

थानकोट । 

काठमाडाैंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले असफल प्रयास गरेको छ ।

बुधबार त्रिपुरेश्वरको कभर्डहलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग असफल प्रयास गरेको हो ।

यसअघि लगातार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाल भारतसँग पराजित भयो । खेलमा पहिलो दुई सेट पराजित भएपनि तेस्रो सेट नेपालले जितेको थियो । तर, अन्तिम सेटमा समेत पराजित भएपछि ३–१ सेटले नेपाल पराजित भएको हो । 

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनल पुगिसकेको छ ।

हालसम्म नेपालले भारलाई हराउन सकेको छैन । सन् २०१९ मा घरेलु मैदानमै सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा समेत नेपाल भारतसँग पराजित बनेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *