थानकोट-भक्तपुर मेट्रो रेलका लागि बजेट व्यवस्था गर्न एमाले सांसद भट्टचनको माग (भिडियो सहित)

Thankot Times

थानकोट । 

नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले ललितपुरको गोदावरीदेखि काठमाडौंको बुढानीलकण्ठ तथा काठमाडौंको थानकोटदेखि भक्तपुरसम्म मेट्रो रेल सञ्चालनका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् । 

सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि बुधवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै सांसद भट्टचनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा मेट्रो रेलका लागि रकम छुट्ट्याउन माग गरेका हुन् ।

नेपालका एक प्रतिष्ठित व्यवसायी समेत रहेका भट्टचनले थानकोट-चित्लाङ सुरुङमार्गको काम अगाडि बढाएमा  काठमाडौं उपत्यकाको जनसंख्याको चाप कम हुने सुझाव समेत दिए । 

सांसद भट्टचनले सरकारले अगाडि सारेको नयाँ अवधारणालाई हावादारी भन्न नमिल्ने बताए ।

उनले नेपाली झण्डा अंकित पानीजहाज सञ्चालनका लागि आवश्यक कानूनी बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराए ।

कलकत्ता बन्दरगाहमा आउन सक्ने पानीजहाज सञ्चालनमा ल्याउन सकेमा मलेसिया र सिंगापुरबाट हुने ढुवानीका लागि २ अर्ब विदेशी मुद्रा बचत हुने उनको भनाइ छ ।


One thought on “थानकोट-भक्तपुर मेट्रो रेलका लागि बजेट व्यवस्था गर्न एमाले सांसद भट्टचनको माग (भिडियो सहित)

  1. हाल भैरहेको बाटोलाई मेट्रोरेल प्रयोजनको लागि काममा ल्याए चाहिँ ठिक होला । खेतीयोग्य जग्गाजमिन सिध्याएर वा बस्ति नै विस्थापन गरि जनतालाई दुखि बनाएर वा वन जंगल म्हासेर रेल गुडाउनु विकास हैन विनास हो । रेल चलाएका मुलुकहरूमा रेलबाट निकै मानिसहरू मारिएका घटनाहरू सुनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *