नदी बचाउन हिँडेरै वीरगन्जदेखि काठमाडौंसम्म, मातातीर्थमा बास

Thankot Times

थानकोट ।

सिर्सिया नदीको संरक्षणका लागि संघीय सरकारलाई दबाब दिन काँधमा नदीको दूषित पानी बोकेर पैदल यात्रामा निस्किएका अभियन्ताहरू काठमाडौं आइपुगेका छन् ।

हेटौंडा, नारायणगढ, मुग्लिङ हुँदै शनिबार साँझ थानकोट आइपुगेका उनीहरू मातातीर्थमा बास बसेका छन् ।

वीरगन्ज क्षेत्रका उद्योग तथा कलकारखानाका फोहोरमैला, रसायनयुक्त झोल र ढल सोझै सिर्सिया नदीमा मिसाइँदा नदी तथा पर्यावरण संकटमा परेको भन्दै राजधानी काठमाडौंका लागि गत जेठ ४ देखि उनीहरूले पैदलयात्रा सुरु गरेका थिए ।

आज माइतीघर मण्डलामा पुगेर उनीहरूले धर्ना तथा प्रदर्शन गर्ने जनाएका छन् ।

तस्बिरः इकान्तिपुर


Leave a Reply

Your email address will not be published. Required fields are marked *