मसिनेस्थित देउराली भञ्ज्याङबाट ४ केजी ५ सय ग्राम गाँजासहित एक जना पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका २ मसिनेस्थित देउराली भञ्ज्याङबाट एक युवक गाँजासहित पक्राउ परेका छन् ।
धादिङको गल्छी गाउँपालिका-१ का २६ वर्षीय विपन मगरलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले काठमाडाैं-धादिङ सिमामा पर्ने देउराली भञ्जाङबाट उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीका अनुसार धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५१ प ३३६८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ केजी ५ सय ग्राम गाँजासहित मगर पक्राउ परेका हुन् ।












