काभा वुमन्स् भलिबल च्यालेन्ज कपको उपाधी भारतलाई, नेपाल तेस्रो

Thankot Times

थानकोट । 

काठमाडौंमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कप- २०२३ को उपाधि भारतले जितेको छ ।

दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३-० ले हराउँदै भारतले उपाधि जितेको हो ।

काजाकस्तानमाथि एकपक्षीय प्रदर्शन गरेको भारतले पहिलो सेट २५–१५  ले आफ्नो पक्षमा पारेको थियो ।

पहिलो सेटमा निकालेको जितसँगै उच्च मनोबलका साथ प्रदर्शन गरेको भारतले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–१८ को नजिता निकाल्दै उपाधि उचाल्न सफल भएको हो ।

प्रतियोगितामा अपराजित रहेको काजाकस्तान फाइनलमा भारतसँग पराजित भयो ।

सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र काजाकस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् ।

डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।

यसैबीच नेपाल काभा महिला भलिबल च्यालेन्ज कप-२०२३ मा तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।

नेपालले पहिलो सेट २५-२० ले उज्वेकिस्तानलाई सुम्पिएको थियो ।

त्यसपछि पुनरागमन गरेको नेपालले दोस्रो सेट २५-१६ले जित्यो । यस्तै तेस्रो सेट २५-१५ र चौथो सेट २५-१३ ले जित्यो ।

सन् २०२१ मा सेन्ट्रल जोनको उपाधि जित्दा नेपालले उज्वेकिस्तानलाई नै पराजित गरेको थियो । घरेलु टोली नेपालविरुद्ध उक्त पराजयको बदला लिन फेरि एकपटक उज्वेकिस्तान चुक्यो । प्रतियोगिताको सेमिफाइनलमा पराजित टोलीबीच तेस्रो स्थानका लागि खेल भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *