विश्वकप क्रिकेट छनोट खेल्न नेपाली टोली घोषणा

Thankot Times

थानकोट ।

आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार साँझ अन्तिम टोली घोषणा गरेको हो। यसअघि बन्द प्रशिक्षणका लागि २२ खेलाडी छनोट गरिएका थिए। उनीहरुमध्ये १६ सदस्यीय अन्तिम टोली घोषणा गरिएको छ।

रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिष जीसी, ललित राजवंशी, अर्जुन साउँद र किशोर महतो छन्।

असार पहिलो सातादेखि जिम्बाबेमा विश्वकप छनोट प्रतियोगिता हुँदै छ। १८ जुनदेखि ९ जुलाईसम्म हुने प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली भारतमा हुने विश्वकप खेल्न पाउनेछन्। विश्वकपमा १० टोली प्रतिस्पर्धा गर्नेछन्। जसका लागि आठ टोली छनोट भइसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *