वैदेशिक रोजगार विभाग जेठ २१ गते आइतबारदेखि ताहाचलमा सर्दै

Thankot Times

थानकोट

वैदेशिक रोजगार विभागको कार्यालय जेठ २१ गते आइतबारदेखि ताचाहलमा सर्ने भएको छ ।

बुद्धनगरस्थित नेपाल हिमालयन सिमापार संघको भवनमा भाडामा बस्दै आएको विभागको कार्यालय आइतबारदेखि ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा आंशिक रूपमा सर्न लागेको हो ।

असार १ गतेदेखि पूर्णरूपमा सर्ने विभागले जनाएको छ ।

सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको सेवा प्रवाहमा समस्या भएको भन्दै विभाग सर्न लागेको हो ।

विभागमा दैनिक सयौको संख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको विभागले जनाएको छ । हालको कार्यालयमा पार्किङको समेत समस्या देखिएको छ ।

विभाग वैदेशिक रोजगार कार्यालयमा सरेसँगै रोजगार कार्यालय अर्को ठाउँमा सर्न लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *