लगातार दोस्रो जितसँगै मलेसियाविरूद्धको सिरिजमा नेपाल २-१ ले अघि

Thankot Times

थानकोट ।

मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियलाई २७ रनले हरायो। 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो।

नेपालका लागि सीता रानामगरले २१ रन जोडिन् भने ज्योती पाण्डेले २३ रनको योगदान गरिन्।

इन्दू बर्माले २० रन बनाउदा कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन्। रुबिनाले रनआउट हुनुअघि १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्।

बलिङमा मलेसियाकी निक नुरले २ विकेट लिइन्। 

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो।

उसका लागि महिरा इस्माइलले नटआउट ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५४ बलमा ६ चौका हिर्काइन्।

बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १-१ विकेट लिए। 

यसअघि नेपाल पहिलो खेलमा पराजित हुँदा दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो। आजको जितसँगै नेपालले सिरिजमा २-१ को अग्रता लिएको छ।

सिरिजको चौथो खेल शनिबार तथा अन्तिम खेलमा आइतबार हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *