प्रदेश सभामा सांसद् विन्दु श्रेष्ठको माग ‘त्रिभुवन पार्क प्रदेश सरकारले व्यवस्थित गरोस्’
थानकोट ।
बागमती प्रदेश सभा सदस्य विन्दु श्रेष्ठले व्यवस्थापन समितिको कमजोरीका कारण त्रिभुवन पार्कको अवस्था बिग्रँदै गएको भन्दै प्रदेश सरकारले सो पार्क व्यवस्थापन गर्नुपर्ने माग गर्नुभएको छ ।
बागमती प्रदेश सभाको दोश्रो अधिवेशनको दशौं बैठकमा विशेष समय लिएर आफ्नो धारणा राख्ने क्रममा सांसद् श्रेष्ठले सो माग गर्नुभएको हो।
स्थानीयले प्रतिरोध गरेर नीजि कम्पनीलाई भाडामा दिइन् लागेको पार्कको भू-भाग फिर्ता ल्याइएको जानकारी गराउँदै सांसद् श्रेष्ठले हालको कार्यसमिति निलम्बन गरी नयाँ समिति बनाई पार्कको व्यवस्थापन गर्न समेत माग गर्नुभयो ।
यसैगरी सांसद् श्रेष्ठले हरेक पालिकाहरूमा बाल उद्यान निर्माण गरिने विषय प्रदेशको नीति तथा कार्यक्रममै समेटिनुपर्नेमा जोड दिनुभयो । सांसद् श्रेष्ठले प्रदेशको नीति तथा कार्यक्रम पेश गर्न जाँदा प्रदेश प्रमुखले रित्तो फाइल देखाएको विषयको समेत संसद् मा ध्यानाकर्षण गराउनुभयो ।
नीति तथा कार्यक्रम पढ्न पुगेका बागमती प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले रित्तो फाइल दिएपछि…
यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाहरूको ५० प्रतिशत बीमा गरिएकोमा सो बीमा शतप्रतिशत पुर्याउनुपर्ने तथा हाल उपलब्ध गराइँदै आएको सञ्चार खर्च समेत वृद्धि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि दैनिक १५ रूपैयाँ खाजा खर्च दिँदै आइएकोमा सो रकम समेत बढाउन सांसद् श्रेष्ठले बागमती प्रदेश सभामा माग गर्नुभयो ।
सांसद् श्रेष्ठले भीमफेदी-थानकोट गाडी बोकिने मार्गलाई पदमार्गका रूपमा विकास गर्न लागिएको विषयसमेत प्रदेश सभामा जानकारी गराउनुभएको थियो ।












